१३ कात्तिक २०८३ English
English

प्रधानन्यायाधीश र न्यायाधीशबारेका समाचारप्रति सर्वोच्च बारको चिन्ता, निष्पक्ष छानबिनको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानन्यायाधीश र न्यायाधीशबारेका समाचारप्रति सर्वोच्च बारको चिन्ता, निष्पक्ष छानबिनको माग
तस्बिर: रातोपाटी

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशबारे प्रकाशित समाचारप्रति चिन्ता जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।

बारका सचिव रमणकुमार कर्णले जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाबारे सार्वजनिक भएका विषयले जनविश्वासमा आघात पुगेको उल्लेख छ। यस विषयमा सत्य कुरा सार्वजनिक हुनुपर्ने पनि बारले माग गरेको छ।

बारले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक बन्दै गएकोमा चिन्ता जनाएको छ। विज्ञप्तिमा न्यायपालिकाप्रति जनआस्था घट्दै गएको भनिएको छ।

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि बारले यो धारणा सार्वजनिक गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार