१३ कात्तिक २०८३ English
English

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, नियमावली संशोधन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, नियमावली संशोधन
तस्बिर: नागरिक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने छैन। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेपछि अन्य जिल्लाबाट पनि प्रतिलिपि लिन सकिने व्यवस्था भएको हो।

नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त संशोधन नियमावली जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि नागरिकताको प्रतिलिपि लिन नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालय नै पुग्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले जुनसुकै जिल्लाबाट प्रतिलिपि लिन पाउनेछन्।

नियमावली संशोधनसँगै आफ्नो जिल्लाबाहिर रहेका नागरिकले प्रतिलिपिका लागि सम्बन्धित जिल्ला पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार