हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण आएका संकट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन्। बैंककमा बोल्दै उनले हाम्रा हिमाल जोगाउन विश्व समुदायले सहकार्य गर्नुपर्नेमा जोड दिए।
जलवायु परिवर्तनका असरसँग जुध्न र सीमापार जोखिम व्यवस्थापन गर्न मन्त्री श्रेष्ठले क्षेत्रीय संवादमार्फत अन्तर्राष्ट्रिय समुदायसमक्ष चारवटा प्रस्ताव राखेका थिए। नेपालका ती प्रस्तावलाई ५३ देशले समर्थन गरेका छन्।
हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य संकटको असर एउटा देशमा मात्र सीमित नरहने भएकाले यसको समाधानका लागि साझा प्रयास चाहिने मन्त्री श्रेष्ठको भनाइ छ। उनले हिमाल जोगाउने विषयमा विश्व समुदायलाई सहकार्यका लागि आग्रह गरेका हुन्।
हिमाली क्षेत्रको संकटबारे नेपालले उठाएको विषयमा क्षेत्रीय संवादमा सहभागी ५३ देशले साथ दिएका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

