प्रहरीको ‘स्वीप अपरेसन’: काठमाडौं उपत्यकाबाट १५ महिलासहित ९७ जना पक्राउ

काठमाडौं उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १५ जना महिला छन्।
उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा शान्ति र सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले यो विशेष अपरेसन सञ्चालन गरेको हो।
पक्राउ परेकामध्ये १६ जना विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदार रहेका छन्।
अपरेसनका क्रममा पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

