प्रधानसेनापति–अमेरिकी राजदूत भेट, अमेरिकाले हेलिकप्टर र ड्रोन दिने

अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता बढाउन हेलिकप्टर, अत्याधुनिक ड्रोन र नदी उद्धारमा प्रयोग हुने रिभरबोट उपलब्ध गराउने भएको छ। नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डेनबीच बिहीबार भएको भेटमा यसबारे जानकारी दिइएको हो। भेटमा दुई देशबीचको द्विपक्षीय साझेदारी, गत भदौको बाढीपछिको विपद् पूर्वतयारी तथा खोज र उद्धार सहयोगबारे छलफल भएको छ।
कार्यवाहक राजदूत बोल्डेनका अनुसार अमेरिकामा बनेका यी उपकरणको कुल मूल्य १५ करोड अमेरिकी डलरभन्दा बढी छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको एक अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ६ पैसाका आधारमा यो रकम २२ अर्ब ८० करोड रुपैयाँभन्दा बढी हुन्छ। उपकरण हस्तान्तरणको प्रक्रिया आगामी वर्षदेखि सुरु हुने जनाइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


