सिँचाइ विभागका महानिर्देशक र सुनकोशी मरिन आयोजना निर्देशक प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णकुमार रिजाललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। अनुगमनका लागि मधेश प्रदेश पुगेका महानिर्देशक रजौरियालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ ल्याइँदै छ।
रजौरिया एक महिनाअघि मात्र विभागको महानिर्देशक बनेका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले निर्देशक रिजाललाई आयोजनाको कार्यकक्षबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको पत्राचारपछि यो कारबाही गरिएको सिन्धुली प्रहरीले जनाएको छ।
अनुसन्धानका लागि उपस्थित गराउन निर्देशन आएपछि रिजाललाई काठमाडौँ पठाइएको प्रहरी उपाधीक्षक विजय श्रेष्ठले बताउनुभएको छ। तर, दुवै अधिकारीलाई किन पक्राउ गरियो भन्ने प्रहरीले खुलाएको छैन। राष्ट्रिय गौरवको यस आयोजनाको हेडवर्क्स र विद्युत्गृह निर्माणको आर्थिक बोलपत्र आगामी सोमबार खोल्ने तय भएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


