१३ कात्तिक २०८३ English
English

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाका लागि जग्गा पहिचान सकियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाका लागि जग्गा पहिचान सकियो

YouTube मा सब्स्क्राइब

भोटेकोशी बाढी प्रभावितलाई पुनःस्थापना गर्न आवश्यक जग्गा पहिचान गरिसकिएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव मदन भुजेलले राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा यो जानकारी दिनुभएको हो। नापी विभागका महानिर्देशकको नेतृत्वमा बनेको समितिले करिब २७७ कित्ता जग्गा पहिचान गरेको उहाँले बताउनुभएको छ।

पुरानो बसोबास क्षेत्रबाट टाढा सार्दा पुनःस्थापनामा समस्या आउन सक्ने भएकाले सकेसम्म प्रभावित ठाउँकै नजिक जग्गा छानिएको सचिव भुजेलले बताउनुभएको छ। पहिचान भएका जग्गामा बस्ती विकास र पुनःस्थापनाको काम पूर्वाधार विकास मन्त्रालयले गर्नेछ। जग्गा पहिचान सकिएकाले पुनःस्थापनाको काम छिट्टै अघि बढाइने उहाँको भनाइ छ।

जग्गा अधिग्रहण सङ्घीय सरकारबाट मात्र हुँदा लामो समय लाग्ने गुनासो आएको छ। त्यसैले स्थानीय तहलाई निजी जग्गा किन्न र अधिग्रहण गर्न सजिलो बनाउन कानुन संशोधनबारे छलफल भइरहेको छ।

स्रोत

सम्बन्धित समाचार