१३ कात्तिक २०८३ English
English

छुट्टीमा आएका श्रमिकलाई हवाई टिकटअघि श्रम स्वीकृति लिन आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
छुट्टीमा आएका श्रमिकलाई हवाई टिकटअघि श्रम स्वीकृति लिन आग्रह

YouTube मा सब्स्क्राइब

वैदेशिक रोजगारीबाट छुट्टीमा स्वदेश आएका श्रमिकलाई कामको देश फर्किँदा हवाई टिकट काट्नुअघि नै श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। विभागले यसबारे सूचना जारी गर्दै श्रम स्वीकृतिको अभावमा कुनै पनि श्रमिकको उडान छुट्न नदिन समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो। बिदा सकेर विदेशको रोजगारीमा फर्किने श्रमिकले पुनः श्रम स्वीकृति लिनुपर्छ।

विभागका अनुसार हवाई टिकट हातमा भए पनि श्रम स्वीकृति नलिएको अवस्थामा श्रमिकले तोकिएको उडान गुमाउनुपर्ने अवस्था आउन सक्छ। टिकट काटिसकेका श्रमिकले उडान मितिभन्दा कम्तीमा ३ दिनअघि नै पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने विभागले जनाएको छ। प्रक्रियामा कुनै समस्या आएमा श्रमिकले विभागसँग सिधै सम्पर्क गर्न सक्नेछन्।

यसका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। श्रमिकले ९७६८९९८४७३ नम्बरमा ह्वाट्सएपमार्फत सन्देश पठाएर उहाँसँग सम्पर्क गर्न सक्ने विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार