मोरङमा प्रहरीले गोली चलाएर तीन जना लागूऔषध कारोबारी पक्राउ, दुई घाइते
मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा प्रहरीले गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिहीबार गोली चलाएको हो। प्रहरीको गोली लागेर दुई जना लागूऔषध कारोबारी घाइते भएका छन्।
नियन्त्रणमा लिइएकामध्ये दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक छन्।
प्रहरीले लागूऔषध कारोबारीबाट पेस्तोलसमेत बरामद गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


