चक्रवात ‘अर्नब’को प्रभाव: कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक बीचबाटोमा रोकिए

बङ्गालको खाडीमा बनेको चक्रवात ‘अर्नब’का कारण हिमाली क्षेत्रमा मौसम खराब भएपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्र घुम्न निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका दुई दिन ट्रेकिङ नगर्न आग्रह गरेको छ। पर्वतारोहीलाई भने जुन ठाउँमा पुगेका छन्, त्यहीँ सुरक्षित बस्न भनिएको छ। प्राधिकरणले धानलगायत पाकेको अन्नबाली पनि यी दुई दिन नकाट्न आग्रह गरेको छ।
मनास्लु क्षेत्रमा पनि प्रशासनले पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलगायत सबै सरोकारवाला निकायलाई आफ्ना पर्यटकलाई यसबारे जानकारी दिन पनि भनेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवात ‘अर्नब’को असर बिहीबारदेखि देशका विभिन्न भागमा देखिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


