भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका; भारतका छ जिल्लामा उच्च सतर्कता

भुटानमा बिहीबार राति आएको भीषण बाढीले गासा र पुनाखा जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक, सिँचाइ प्रणाली र अन्य संरचनामा क्षति पुर्याएपछि हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट) को आशंका गरिएको छ।
बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूरै बगाएको छ। मो छू नदीमा पनि बाढी आएको छ।
थाहाखबरका अनुसार भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ। सडक अवरुद्ध भएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँग सडक सम्पर्कविहीन भएको छ।
हिमताल विस्फोटबाट आउने बाढीको जोखिम बढेपछि भारतको असम र पश्चिम बंगालका छ जिल्लामा उच्च सतर्कता अपनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

