१३ कात्तिक २०८३ English
English

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋणभार १ लाख रुपैयाँभन्दा बढी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋणभार १ लाख रुपैयाँभन्दा बढी
तस्बिर: इमेजखबर

मुलुकको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

सार्वजनिक ऋणको यो दायित्व अहिलेसम्मकै उच्च हो। सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ खर्ब २३ अर्ब रुपैयाँ ऋण परिचालन गरेको छ।

ऋण बढेसँगै प्रतिव्यक्ति ऋणभार पनि १ लाख रुपैयाँ नाघेको छ। समाचारअनुसार अहिले विकास बजेटमा भन्दा ऋणको साँवाब्याज भुक्तानीमा धेरै रकम खर्च गर्नुपर्ने अवस्था छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले असोज मसान्तसम्मको विवरण सार्वजनिक गरेपछि यो तथ्याङ्क बाहिर आएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार