लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्तिविरुद्ध विरोध, नियुक्ति बदर गर्न माग

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएपछि लुम्बिनीमा विरोध सुरु भएको छ।
निर्णय सार्वजनिक भएकै दिन स्थानीयको ठूलो समूहले विकास कोषमा विरोध प्रदर्शन गरेको छ। लुम्बिनी बचाउ महाअभियानले संस्थागत रूपमै डोल्मालाई प्रवेश निषेध गर्ने कार्यक्रम अघि बढाएको छ।
महाअभियानले वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै नवनियुक्त उपाध्यक्षको नियुक्ति बदर गर्न सरकारसँग माग गरेको छ। उसले उक्त पदमा स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न माग गरेको छ।
माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसमेत महाअभियानले दिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

