चुमनुब्रीका बाढी प्रभावितलाई रेडक्रसको हेलिकप्टरबाट राहत

नेपाल रेडक्रस सोसाइटीले बुढीगण्डकी नदीको बाढीपछि सम्पर्कविहीन बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ। बाढीले यो दुर्गम क्षेत्रलाई सडक सञ्जालबाट पूर्ण रूपमा अलग पारेपछि सामग्री हवाई मार्गबाट ढुवानी गरिएको हो। सोसाइटीका अध्यक्ष डा.
विशालकुमार भण्डारीका अनुसार प्रभावित परिवारको तत्कालको गुजाराका लागि दाल, चामललगायत खाद्यान्न वितरण गरिएको छ। चिसो र ओतको समस्यालाई ध्यानमा राखेर कम्बल, त्रिपाल र खाना पकाउने भाँडाकुँडा पनि बाँडिएको छ। चाडपर्वको बेला पनि प्रभावित परिवारलाई सघाउन रेडक्रस खटिइरहेको अध्यक्ष भण्डारीले बताउनुभएको छ।
उहाँका अनुसार बाढीपछि चुमनुब्रीका नागरिकको दैनिक जीवन कष्टकर बनेको छ। दुर्गम भूगोल र कठिन अवस्थाका कारण बस्तीसम्म राहत पुर्याउन चुनौती भए पनि सहयोग नरोकिएको रेडक्रसले जनाएको छ। सोसाइटीले आपत्कालीन कार्य सञ्चालनमार्फत बाढी प्रभावित जिल्लासँग तालमेल गर्दै आवश्यकताअनुसार राहत वितरण गरिरहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


