पाटनका डा. अरुण शाही एस्कोको एसिया–प्रशान्त परिषद्मा, पहिलो नेपाली

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी, अर्थात् एस्कोको एसिया–प्रशान्त क्षेत्रीय परिषद्मा सदस्य मनोनीत हुनुभएको छ। उक्त परिषद्मा नेपालले पहिलोपटक प्रतिनिधित्व पाएको हो।
डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रारको जिम्मेवारीमा हुनुहुन्छ। एस्कोकी अध्यक्ष डा.
एलिजाबेथ ए. मिटेनडोर्फको पत्रअनुसार उहाँको ३ वर्षे कार्यकाल सन् २०२६ अक्टोबर १ देखि सुरु भई २०२९ सेप्टेम्बर ३० सम्म रहनेछ। यस पटक परिषद्मा नेपालसहित १३ वटा नयाँ देश थपिएका छन्।
एस्को विश्वभर क्यान्सर उपचार, अनुसन्धान, शिक्षा र नीति सुधारमा सक्रिय संस्था हो। डा. शाहीले यो मनोनयनलाई व्यक्तिगत उपलब्धिभन्दा नेपालको क्यान्सर उपचार क्षेत्रको गौरवका रूपमा लिएको बताउनुभएको छ।
परिषद्मा रहेर नेपालमा क्यान्सर उपचारको पहुँच बढाउन, अनुसन्धान प्रवर्द्धन, आधुनिक प्रविधि हस्तान्तरण र नीतिगत सुधारमा क्षेत्रीय विज्ञहरूसँग सहकार्य गर्ने उहाँको योजना छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


