भोजपुरमा माटाका भाँडा बनाउने सीप हराउँदै

भोजपुरका गाउँमा नयाँ पुस्ताले परम्परागत सीप नसिक्दा माटाका भाँडा बनाउने चलन हराउँदै गएको छ। पहिले घरायसी काममा प्रयोग हुने गाग्री, हाँडी, घैँटो र धुपौरोजस्ता माटाका सामग्री अहिले गाउँमा विरलै देखिन्छन्। सीप नसर्दा भाँडा बनाउने मात्र होइन, तिनको प्रयोग गर्ने चलन पनि घट्दै गएको छ।
घरको दैनिक कामदेखि धार्मिक र सांस्कृतिक अनुष्ठानसम्म यस्ता भाँडाको व्यापक प्रयोग हुने गर्थ्यो। गाउँघरको मौलिक पहिचान मानिने यी भाँडाको ठाउँ अहिले प्लास्टिक र स्टिलका भाँडाले लिएका छन्। अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार पुर्ख्यौली सीप नयाँ पुस्तामा नसर्दा यो पेसा नै सङ्कटमा परेको छ।
माटाका भाँडा बनाउन उपयुक्त माटो छान्ने, मुछ्ने, आकार दिने र प्रयोग गर्न मिल्ने बनाउन थुप्रै चरण पार गर्नुपर्छ। यो काममा सीप, अनुभव र समय धेरै लाग्ने भएकाले पनि युवा यस पेसातर्फ आकर्षित भएका छैनन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

