२ कात्तिक २०८३ English
English

जुम्लामा मार्सी धान काट्न किसान व्यस्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जुम्लामा मार्सी धान काट्न किसान व्यस्त

YouTube मा सब्स्क्राइब

जुम्लाका किसान यतिबेला मार्सी धान काटेर भित्र्याउने काममा व्यस्त भएका छन्। दसैँको चहलपहलकै बीच धानबाली स्याहार्ने काम पनि थपिएको तातोपानी गाउँपालिकाकी स्थानीय सुनीता पाण्डेले बताउनुभएको छ। उहाँका अनुसार धेरै किसानले चाड मनाउनुभन्दा खेतको कामलाई प्राथमिकता दिएका छन्।

किसान बिहान सबेरैदेखि साँझ अबेरसम्म फाँटमै धान काट्न खटिएका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सी धान जुम्लाको पहिचानसँग गाँसिएको बताउनुभएको छ। उहाँका अनुसार यो धानखेतीको आफ्नै समय हुन्छ र सोहीअनुसार किसान अहिले खेतमा छन्।

कार्यालयका अनुसार जिल्लामा करिब २ हजार ८५० हेक्टरमा धानखेती हुन्छ। पछिल्ला वर्षहरूमा मार्सी धानको क्षेत्रफल क्रमशः बढ्दै गएको भए पनि यस वर्ष भने घटेको छ। गत वर्ष करिब १ हजार ५०० हेक्टरमा लगाइएको मार्सी धान यस वर्ष करिब १ हजार २०० हेक्टरमा मात्र खेती भएको कार्यालयले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार