२ कात्तिक २०८३ English
English

प्रिमियर लिग: ब्राइटनको ५–० जित, लिड्स–युनाइटेड बराबरी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रिमियर लिग: ब्राइटनको ५–० जित, लिड्स–युनाइटेड बराबरी

YouTube मा सब्स्क्राइब

इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ५-० गोलले हराएको छ। ब्राइटनले खेल सुरु भएको १० मिनेटभित्रै तीन गोलको अग्रता लिएको थियो। चौथो मिनेटमा जेडी क्यानभोटको आत्मघाती गोलपछि सातौँ मिनेटमा डिएगो गोमेज र दशौँ मिनेटमा यासिन अयारीले गोल गरेका थिए।

दोस्रो हाफमा चारालम्पोस कोस्टोउलास र ज्याक हिन्शेलउडले एक-एक गोल थपेर ब्राइटनको ठूलो जित पक्का गरे। अर्को खेलमा लिड्स र म्यानचेस्टर युनाइटेडबीचको खेल १-१ को बराबरीमा टुङ्गिएको छ। ३५ औँ मिनेटमा ब्रायन एम्बेउमोको गोलमा युनाइटेड अगाडि भए पनि ५१ औँ मिनेटमा डोमिनिक काल्भर्ट-लेविनले लिड्सलाई बराबरीमा ल्याएका थिए।

त्यसपछि कुनै पनि टोलीले थप गोल गर्न नसकेकाले दुवैले अंक बाँडेका छन्। यस्तै, बर्नमाउथले घरेलु मैदानमा सन्डरल्यान्डलाई २-० ले पराजित गरेको छ। छैटौँ मिनेटमा मार्कस ट्याभर्नियर र ४८ औँ मिनेटमा इभानिल्सनले बर्नमाउथका लागि गोल गरेका थिए।

सन्डरल्यान्डका केभिन डान्सोले १७ औँ मिनेटमै रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

स्रोत

सम्बन्धित समाचार