१ कात्तिक २०८३ English
English

दसैँका सामान भित्र्याउन तातोपानी नाका तीन दिनका लागि खुल्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका सामान भित्र्याउन तातोपानी नाका तीन दिनका लागि खुल्यो
तस्बिर: थाहाखबर

दसैँका सामान भित्र्याउन सिन्धुपाल्चोकको तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका तीन दिनका लागि खोलिएको हो।

नाका खुलेपछि चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल भित्रिन थालेका छन्। सामान बोकेका कन्टेनरहरू लगातार नेपाल प्रवेश गरिरहेका छन्।

दसैँको बेला बजारमा सामानको माग पूरा गर्न नाका अस्थायी रूपमा खोलिएको हो। यो नाका तीन दिन सञ्चालनमा रहनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार