पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा सवारी दुर्घटना, ९ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहटलगायत सात जिल्लामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। घाइतेहरूको उपचार भइरहेको छ।
कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खसेको थियो। नेपाल प्रेसका अनुसार चालकसहित १० जना सवार सुमो दुर्घटनामा हालसम्म तीन जनाको शव फेला परेको छ भने तीन जना बेपत्ता छन्।
सो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको सेनाले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

