पूर्वप्रधानमन्त्री झलनाथ खनाल ह्याम्स अस्पताल भर्ना, ओलीले बुझे स्वास्थ्य अवस्था

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी आइतबार काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।
खनालको मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना भएको जानकारी पाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उनको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

