१ कात्तिक २०८३ English
English

करदाता प्रोत्साहन कार्यक्रम: ३ हजारको किनमेलमा १० लाखको बम्पर उपहार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
करदाता प्रोत्साहन कार्यक्रम: ३ हजारको किनमेलमा १० लाखको बम्पर उपहार

YouTube मा सब्स्क्राइब

करदाता प्रोत्साहन उपहार कार्यक्रमको १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार नुवाकोटकी सन्तमाया तामाङले पाउनुभएको छ। उहाँले दसैँका बेला नुवाकोटको एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान किनेर बिल लिनुभएको थियो। आन्तरिक राजस्व विभागले असोज १६ देखि ३१ गतेसम्मको पाक्षिक गोलाप्रथा आइतबार काठमाडौँको न्युरोडस्थित विशाल बजारमा सञ्चालन गरेको छ।

गोलाप्रथाबाट विजेता छानिएपछि कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले तामाङलाई फोन गरेर जानकारी दिनुभएको छ। सुरुमा उहाँले फोनलाई ठट्टा ठान्नुभएको थियो, तर कलाकारहरूले यो सरकारी कार्यक्रम भएको पुष्टि गर्नुभएको छ। विभागका अनुसार सोही अवधिका प्रत्येक दिनका लागि एक–एक जना गरी १६ जना दैनिक विजेता पनि छानिएका छन्।

उनीहरूले जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ पाउनेछन्, जुन कर कट्टीपछि १ लाख रुपैयाँ हुन्छ। बिल प्रविष्ट गरिएका र क्युआर भुक्तानीबाट स्वतः दर्ता भएका गरी करिब ३ करोड ७८ लाख कारोबार छनोटमा परेको विभागले जनाएको छ। महानिर्देशक डा.

भीष्मकुमार भूसालले उपभोक्तामा बिल लिने बानी बसाल्न कार्यक्रम चलाइएको बताउनुभएको छ। १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा किन्ने उपभोक्ता यसमा सहभागी हुन पाउने व्यवस्था छ। विभागका अनुसार सबै विजेताले कात्तिक १५ गतेभित्र किनमेलको सक्कल बिल लिएर आन्तरिक राजस्व कार्यालयमा पुगी रकम दाबी गर्नुपर्छ।

स्रोत

सम्बन्धित समाचार