१ कात्तिक २०८३ English
English

दसैँमा उपत्यकामा खसीको मासु प्रतिकिलो २ हजार पुग्यो, किसानले भने उचित मूल्य पाएनन्

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा उपत्यकामा खसीको मासु प्रतिकिलो २ हजार पुग्यो, किसानले भने उचित मूल्य पाएनन्
तस्बिर: सेतोपाटी

यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगो भएको छ। उपभोक्ताले प्रतिकिलो २ हजार रुपैयाँसम्म तिरेर मासु किनिरहेका छन्।

गत वर्षको दसैँमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको थियो। यस वर्ष मूल्य बढेर करिब २ हजार रुपैयाँ पुगेको छ।

मासु उपभोक्ता अमृत तिवारीले जिउँदो खसी प्रतिकिलो ९ सयदेखि १ हजार रुपैयाँ र तयारी मासु प्रतिकिलो १८ सयदेखि २ हजार रुपैयाँका दरले किनिरहेको बताए।

उपभोक्ताले चर्को मूल्य तिर्नुपरे पनि खसी पाल्ने किसानले भने उचित मूल्य पाएका छैनन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार