सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, खोटाङका ३ किशोरको मृत्यु, ३ जना बेपत्ता

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा एउटा सुमो अनियन्त्रित भई सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा खोटाङका तीन किशोरको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
को १ ज २०७६ नम्बरको सुमो चालकसहित नौ जना यात्रु लिएर काठमाडौँबाट खोटाङ आउँदै थियो। सोही क्रममा नागथानमा सुमो अनियन्त्रित भएर सुनकोशीमा खसेको हो।
घाइते चालकका अनुसार तीन जना यात्रु सुनकोशीमा बेपत्ता भएका छन्। सुरुमा बेपत्ता यात्रुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको थियो।
पछि नागरिकले मृतक, घाइते र बेपत्ता गरी नौ जनाकै पहिचान खुलेको समाचार दिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

