२ कात्तिक २०८३ English
English

भूकम्प गएको झन्डै तीन वर्षपछि पनि टहरामै दसैँ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भूकम्प गएको झन्डै तीन वर्षपछि पनि टहरामै दसैँ

YouTube मा सब्स्क्राइब

भूकम्प गएको झन्डै ३ वर्ष बित्न लाग्दा पनि जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावित परिवारले यस वर्षको दसैँ अस्थायी टहरामै मनाउनुपर्ने भएको छ। निजी आवास पुनर्निर्माणको काम अझै गति लिन सकेको छैन। स्थानीय तहमा लाभग्राही तोक्ने, अनुदान सम्झौता गर्ने र पहिलो किस्ता माग्ने प्रक्रिया अघि बढे पनि धेरैजसो परिवारका लागि स्थायी घर बनाउनु अझै चुनौती बनेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर २०८० कात्तिक १७ गते राति आएको भूकम्पले ३ जिल्लाका १७ पालिकामा क्षति गरेको थियो। जाजरकोटमा केही काम थालिए पनि अन्य २ जिल्लामा पुनर्निर्माण सुरु भएको छैन। भेरी नगरपालिकामा ३१८ लाभग्राही कायम भएका छन्, जसमध्ये ५२ घरका लागि पहिलो किस्ता माग गरिएको छ।

स्रोत

सम्बन्धित समाचार