महाधिवेशनको चार महिनापछि पनि रास्वपाको केन्द्रीय समिति अपूरो

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको पहिलो महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारी लिएको झन्डै चार महिना हुन लाग्दा पनि केन्द्रीय समिति पूर्ण हुन सकेको छैन। असार ७ देखि १२ गतेसम्म चितवनमा भएको महाधिवेशनले सभापतिसहित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य चुनेको थियो। निर्वाचित नेतृत्वले असार १७ गते शपथ लिएर काम सुरु गरेको थियो।
विधानले दिएको अधिकारअनुसार सभापति रवि लामिछानेले दुई चरणमा केही पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गरिसक्नुभएको छ। तर उपसभापति र महामन्त्रीसहितका पदाधिकारी तथा ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यको मनोनयन अझै बाँकी छ। समितिलाई पूर्ण बनाउने जिम्मेवारी सभापति लामिछानेमै छ।
मनोनयन ढिलो हुँदा प्रक्रिया कहिले टुङ्गिन्छ भन्ने प्रश्न पनि उठेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


