गण्डकीका पूर्वमन्त्री पाण्डेलाई कारबाही गर्न एमाले छानबिन समितिको सिफारिस

नेकपा एमालेको गण्डकी संसदीय समितिले गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उहाँका स्वकीय सचिवमाथि कारबाही गर्न सिफारिस गरेको छ। निजी अस्पताललाई शय्या थप्ने अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको सौदा गरेको आरोपमा पार्टीले छानबिन गरेको थियो। एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठी संयोजक रहेको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा यो सिफारिस भएको हो।
प्रतिवेदन संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाइएको छ। प्रमुख सचेतक त्रिपाठीका अनुसार समितिले दुवैको काम पदीय मर्यादाअनुरूप नभएको ठहर गरेको छ। प्रतिवेदनमा उनीहरूले पार्टी विधानको धारा ८४ का 'छ' र 'ञ' खण्डविपरीत काम गरेको उल्लेख छ।
प्रदेशसभा संसदीय दलको विधान, २०८० को धारा २७ र मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहिता पनि उल्लंघन भएको प्रतिवेदनले औँल्याएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


