शाह नेतृत्वको सरकारको ६ महिना: पुरानै बाटो पछ्याएको आलोचना

वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ६ महिना पूरा भएको छ। सरकारको सुरुवाती कामलाई कतिपयले ठिकै भनेका छन् भने कतिपयले परिपक्वता नदेखिएको टिप्पणी गरेका छन्। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारको कार्यशैलीमा देखिएका सुरुवाती संकेत खासै उत्साहजनक नभएको बताउनुभएको छ।
एक अन्तर्वार्तामा उहाँले नयाँ शक्ति पनि सत्तामा पुगेपछि पुरानै गलत बाटोमा हिँड्न थालेको आरोप लगाउनुभएको छ। अन्तर्वार्तामा बास्कोटाले एमालेभित्रको शक्ति संघर्ष र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनबारे पनि धारणा राख्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


