२१ कात्तिक २०८३ English
English

छठपछि बाढी प्रभावित तीन जिल्लामा कांग्रेस, न्यानो कपडा र परामर्श अभियान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
छठपछि बाढी प्रभावित तीन जिल्लामा कांग्रेस, न्यानो कपडा र परामर्श अभियान

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसले गत भदौ १० गते आएको भोटेकोशी–त्रिशुली बाढीपहिरोले प्रभावित पारेका रसुवा, धादिङ र नुवाकोटका परिवारका लागि न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्शसम्बन्धी दुई अभियान चलाउने भएको छ। शुक्रबार ललितपुरको बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकले छठ पर्व सकिनेबित्तिकै तीनै जिल्लाका प्रभावित गाउँबस्ती पुगेर स्थलगत अवलोकन गर्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।

बैठकमा प्रभावितको हालको अवस्था, उनीहरूको पुनःस्थापना, पुनर्निर्माणको प्रगति र सार्वजनिक सेवा प्रवाहबारे छलफल भएको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभएको छ। पार्टी पदाधिकारी र संसदीय दलका नेतासँगै उक्त क्षेत्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, संघीय सांसद र स्थानीय जनप्रतिनिधि बैठकमा सहभागी थिए। प्रभावित परिवारको आवश्यकता हेरेर दुवै अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभएको छ।

गाउँ पुगेर स्थिति बुझेपछि पुनर्निर्माण र पुनःस्थापनामा पार्टीको अर्को कदम टुङ्गो लगाइने स्नेहीको भनाइ छ। प्राकृतिक विपत्तिबाट पीडित नागरिकका समस्याप्रति पार्टी संवेदनशील रहेको कांग्रेसले उल्लेख गरेको छ।

स्रोत

सम्बन्धित समाचार