२० कात्तिक २०८३ English
English

रास्वपाको सात बुँदे निर्देशन: कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रास्वपाको सात बुँदे निर्देशन: कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू
तस्बिर: अनलाइनखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन र उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुनेहरूलाई सात बुँदे निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले यो निर्देशन जारी गरेका हुन्।

निर्देशनमा आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूलाई पार्टीले कार्यतालिका सार्वजनिक नगरेसम्म उम्मेदवारी घोषणा नगर्न भनिएको छ। निर्देशन आन्तरिक निर्वाचन र आगामी सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउने उद्देश्यले जारी गरिएको हो।

आचारसंहिता उल्लंघन गर्नेलाई सदस्यता खारेजसम्मको कारबाही हुने चेतावनी पनि पार्टीले दिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार