२० कात्तिक २०८३ English
English

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययनकै क्रममा, दर्ता भएन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययनकै क्रममा, दर्ता भएन
तस्बिर: सेतोपाटी

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा अध्ययनको क्रममा छ। रिट अझै दर्ता भइसकेको छैन।

कार्कीले आईजीपी पदमा पुनर्बहालीको माग गर्दै रिट पेस गरेका हुन्। सर्वोच्चमा यसबारे छलफल भइरहेको छ र आज रिट दर्ता हुने सम्भावना रहेको बताइएको छ।

आज पनि रिट दर्ताको टुंगो नलागे तिहारअघि यसको सुनुवाइ हुने सम्भावना रहने छैन। अदालत कात्तिक २७ गते मात्रै खुल्ने भएकाले त्यसपछि मात्र रिट पेसीमा चढ्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार