२० कात्तिक २०८३ English
English

आशुतोष इनर्जीलाई सेबोनबाट आईपीओ निष्कासनको अनुमति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आशुतोष इनर्जीलाई सेबोनबाट आईपीओ निष्कासनको अनुमति
तस्बिर: अनलाइनखबर

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्न विवरणपत्र प्रकाशन गर्ने स्वीकृति दिएको हो।

सेबोनले कम्पनीलाई कुल १२ लाख कित्ता सेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्ने अनुमति दिएको छ। कम्पनीको सेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसअनुसार कम्पनीले १२ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ।

यसअघि अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार