धनतेरसको दिन सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। धनतेरसको दिन सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिन बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको थियो। सोमबारदेखि बढ्दै आएको सुनचाँदीको भाउ आज घटेको हो।
तिहारको पहिलो दिन मनाइने धनतेरसमा सुन, चाँदी, तामालगायत धातुका गरगहना तथा भाँडाकुँडा किन्ने परम्परा छ। यही दिन सुनचाँदीको मूल्य घटेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


