त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ फिड, आगमन कक्षबाटै सामानको अवस्था हेर्न सकिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु गरिएको छ। यससँगै यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रियाको प्रत्यक्ष दृश्य आगमन कक्षमै हेर्न पाउने भएका छन्।
यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य आगमन कक्षमा देखाउन थालिएको हो।
यो सेवामार्फत यात्रुले ब्यागेज बेल्टमा आइपुग्नुअघि नै आफ्नो सामानको अवस्था हेर्न सक्नेछन्। ब्यागेज ह्यान्डलिङको प्रक्रिया प्रत्यक्ष देखाइँदा सामान व्यवस्थापनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


