२० कात्तिक २०८३ English
English

भोटेकोशी बाढीपीडितका लागि अस्थायी घरको नमुना तयार भयो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढीपीडितका लागि अस्थायी घरको नमुना तयार भयो

YouTube मा सब्स्क्राइब

भोटेकोशी बाढीपीडितलाई अस्थायी रूपमा बसाउन सरकारले नुवाकोटको बिदुर नगरपालिका–५ मा घरको नमुना बल्ल तयार पारेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सल्लाहकार सुमन प्रधानका अनुसार नमुना घरमा २ वटा कोठा, एउटा भान्सा र एउटा बाथरुम छ। ५ जनाको परिवार अट्ने गरी घरको डिजाइन गरिएको छ।

प्रधानका अनुसार एउटा घर बनाउन करिब ६ लाख रुपैयाँसम्म लागत लाग्ने अनुमान छ। पुनः प्रयोग गर्न मिल्ने प्रि–फ्याब मोड्युलर प्रविधिमा बनेको यस्तो घर जडान गर्न २ देखि ३ दिन लाग्ने उहाँले बताउनुभएको छ। विभिन्न दातृ संस्था र विकास साझेदारले यही नमुनाको मापदण्डअनुसार पीडितलाई घर बनाइदिने निर्णय भएको छ।

यसका लागि नेपाल विद्युत् प्राधिकरणको ५६ रोपनी र सिँचाइ विभागको ६ रोपनी जग्गा प्रयोग गरिने जनाइएको छ। प्रधानका अनुसार अब अस्थायी घर निर्माणको प्रक्रिया छिट्टै अघि बढ्नेछ।

स्रोत

सम्बन्धित समाचार