२० कात्तिक २०८३ English
English

र्‍याप रियालिटी शो 'हसल बाई नेपहप' नेपालमा आउने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
र्‍याप रियालिटी शो 'हसल बाई नेपहप' नेपालमा आउने

YouTube मा सब्स्क्राइब

भारतमा लोकप्रिय र्‍याप रियालिटी शो 'एमटिभी हसल'को नेपाली संस्करण 'हसल बाई नेपहप' अब नेपालमै सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले भित्र्याउन लागेको यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ। दुईपाङ्ग्रे सवारी ब्रान्ड टिभिएस एनटर्क शोको टाइटल प्रायोजक बनेको छ, त्यसैले यो 'टिभिएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप' नाममा आउनेछ।

विदेशी अवधारणामा आधारित भए पनि शोको केन्द्रमा नेपाली कलाकारका आफ्नै कथा, यहाँको संस्कृति र सामाजिक परिवेश तथा नेपाली हिपहपको छुट्टै पहिचान रहने आयोजकले जनाएको छ। प्रतियोगिता, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ। 'गल्लीदेखि ग्लोरीसम्म' नारासहित आउने शोले नयाँ प्रतिभालाई राष्ट्रियस्तरमा अवसर र मञ्च दिने लक्ष्य राखेको छ।

आयोजकले यसलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरेको छ। नेपाली हिपहप संगीत नयाँ चरणमा पुगिरहेका बेला यो घोषणा भएको हो।

स्रोत

सम्बन्धित समाचार