१९ कात्तिक २०८३ English
English

जाडोमा वायु प्रदूषणको जोखिम, प्लास्टिकजन्य फोहोर नबाल्न काठमाडौं महानगरको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जाडोमा वायु प्रदूषणको जोखिम, प्लास्टिकजन्य फोहोर नबाल्न काठमाडौं महानगरको आग्रह
तस्बिर: अनलाइनखबर

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने जोखिम बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहोरमैला नबाल्न आग्रह गरेको छ।

महानगरपालिकाको वातावरण विभागले सर्वसाधारणलाई प्लास्टिकजन्य फोहोर खुला स्थानमा नजलाउन आग्रह गरेको हो। जाडो मौसममा वायु प्रदूषणको जोखिम बढ्ने भएकाले फोहोर बाल्ने कामबाट टाढा रहन महानगरले अनुरोध गरेको छ।

महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँलगायतका कारण उपत्यकामा वायु प्रदूषण बढ्ने गर्छ। यस्तोमा प्लास्टिकजन्य फोहोर जलाउँदा प्रदूषणको जोखिम थप बढ्न सक्ने महानगरको भनाइ छ।

वायु प्रदूषणबाट हुन सक्ने जोखिम कम गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै महानगरले नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार