१९ कात्तिक २०८३ English
English

'पाँच पाण्डव' चलचित्रको प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
'पाँच पाण्डव' चलचित्रको प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

YouTube मा सब्स्क्राइब

शुक्रबारदेखि प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ रोक्न गृह मन्त्रालयले निर्देशन दिएको निर्माण टोलीले जनाएको छ। टोलीका एक सदस्यका अनुसार गृहले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको र सञ्चार मन्त्रालयले मौखिक रूपमा जानकारी गराएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले प्रदर्शन रोक्न गृहलाई पत्राचार गरेको ती सदस्यको भनाइ छ।

केही व्यक्ति जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रदर्शन रोक्न माग गरेको पनि उहाँले बताउनुभएको छ। महाभारतको गलत व्याख्या गरिएको र द्रौपदीलाई आइटम गीतमा नचाइएको भन्दै सामाजिक सञ्जालमा चलचित्रको विरोध भइरहेको थियो। चलचित्रले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन नखोजेको निर्माण टोलीले यसअघि नै सार्वजनिक रूपमा बताइसकेको छ।

दोस्रो ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै टिकटकर तथा अभिनेत्री इभा गिरीले आफूलाई गालीभन्दा बढी माया मिलेको बताउनुभएको छ। आइटम गीतमा नाच्ने पात्रले आफू द्रौपदी भएको दाबी नगरेको भन्दै उहाँले चलचित्र नहेरी निष्कर्ष ननिकाल्न आग्रह गर्नुभएको छ। सुशील पौडेलले लेखेको र वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा इभासँगै हरिवंश आचार्यको पनि अभिनय छ।

स्रोत

सम्बन्धित समाचार