१९ कात्तिक २०८३ English
English

सङ्खुवासभा गोल्डकप: काठमाडौँको प्लानिङ ब्वाइजलाई हराउँदै सुनसरीको न्यू स्टार फाइनलमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सङ्खुवासभा गोल्डकप: काठमाडौँको प्लानिङ ब्वाइजलाई हराउँदै सुनसरीको न्यू स्टार फाइनलमा

YouTube मा सब्स्क्राइब

सुनसरीको न्यू स्टार क्लब सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माविको मैदानमा भएको पहिलो सेमिफाइनलमा न्यू स्टारले काठमाडौँको प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ ले हरायो। न्यू स्टारका सञ्जय श्रेष्ठले २६औँ मिनेटमा गोल गरेर टोलीलाई अगाडि बनाएका थिए।

प्लानिङ ब्वाइजका अनिष परियारले ६४औँ मिनेटमा बराबरी गोल गरेका थिए। निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुङ्गिएर ट्राइबेकरमा पुगेको थियो। प्लानिङ ब्वाइजले पटक–पटक कर्नर किक पाए पनि तिनलाई गोलमा बदल्न सकेन।

स्रोत

सम्बन्धित समाचार