राष्ट्रिय र्यापिड बुद्धिचाल: नेपाल च्याम्पियन जैसवाललाई हराउँदै सिलवाल विजेता

छिटो समयसीमामा खेलिने काठमाडौं वडा कप राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम सिलवालले जितेका छन्। उनले नेपाल च्याम्पियन तथा फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै ८ अंकसहित शीर्ष स्थान हासिल गरेका हुन्। विजेता सिलवालले ट्रफीसहित ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।
काठमाडौं स्पोर्ट्स एकेडेमी र काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कात्तिक १७ गतेदेखि आयोजना गरेको प्रतियोगितामा १३२ खेलाडीले भाग लिएका थिए। महिलातर्फ मोरङकी शान्ति धिमाल प्रथम भएर उपाधि जितेकी छन्। काठमाडौंकी राधिका पौडेलले दोस्रो र कुसुम घिसिङले तेस्रो स्थान पाएका छन्।
स्थानीय खेलाडीको विधामा वडा १६ का जनार्दन श्रेष्ठ पहिलो र मोहम्मद इमरान खान दोस्रो भएका छन्। बेस्ट केएम विधामा सिमा नवीन तण्डुकार, भुटान विधामा बर्दीलाल नेपाली र अन्य विधामा सविन प्रकाश सैंजु प्रथम भएका छन्। नेपाल बुद्धिचाल महासंघको अध्यक्ष पदका उम्मेदवार प्रबिन बहादुर भडेलका अनुसार युवातर्फ १६ वर्षमुनि शुभमदीप थापा, १४ वर्षमुनि प्रबिर केसी तथा १२ वर्षमुनि हार्दिक पन्त र राजन शाह उत्कृष्ट खेलाडी बनेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

