१९ कात्तिक २०८३ English
English

तिहारका लागि मुस्ताङबाट १५९१ भेडाच्याङ्ग्रा बेँसी झारिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहारका लागि मुस्ताङबाट १५९१ भेडाच्याङ्ग्रा बेँसी झारिए

YouTube मा सब्स्क्राइब

तिहार लक्षित गरी मुस्ताङबाट करिब १६ सय भेडा र च्याङ्ग्रा बिक्रीका लागि बेँसी झारिएका छन्। मुस्ताङस्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार यसमा करिब १४ सय च्याङ्ग्रा र करिब २ सय भेडा छन्।

मुस्ताङकै पालक र व्यापारीबाट करिब १३ सय पशु झरेका छन् भने बाँकी करिब ३ सय पशु उपल्लो डोल्पाबाट मुस्ताङ ल्याइएका हुन्। डोल्पाबाट आएकामा करिब सवा दुई सय च्याङ्ग्रा र करिब ७० भेडा छन्। उपल्लो मुस्ताङबाट जोमसोम र डोल्पाबाट मुस्ताङ ल्याइएका यी पशु बुधबार बिहानसम्म व्यापारीले किनेर बेँसीतर्फ लगिसकेका छन्।

स्रोत

सम्बन्धित समाचार