१९ कात्तिक २०८३ English
English

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
तस्बिर: राजधानी

सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ।

यसअघि यो सुविधाका लागि कात्तिक मसान्तसम्मको समयसीमा तोकिएको थियो। सरकारले सोही समयसीमा दुई महिना थप गरेको हो।

म्याद थपपछि लामो समयदेखि वार्षिक विवरण बुझाउन बाँकी रहेका र खारेजी प्रक्रियामा जान बाँकी कम्पनीले पुस मसान्तसम्म जरिवाना छुटको सुविधा लिएर आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।

कात्तिक मसान्तसम्म यो सुविधा नलिएका कम्पनीलाई अब थप दुई महिनाको समय मिलेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार