भारतीय विदेश सचिव मिश्री प्रधानमन्त्री शाहलाई भेटेर आजै स्वदेश फर्किँदै

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन्।
प्रधानमन्त्रीसँगको भेटपछि भ्रमणको काम सकेर विदेश सचिव मिश्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले हिजो अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीसँग छुट्टाछुट्टै भेट गरेका थिए।
विदेश सचिव मिश्रीको यो भ्रमणका क्रममा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता पनि सम्पन्न भएको थियो। प्रधानमन्त्रीसँगको भेटसँगै उनको नेपाल भ्रमण सकिँदैछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


