१८ कात्तिक २०८३ English
English

महाधिवेशनमा आर्थिक चलखेलको आरोप सरकारद्वारा प्रायोजित भएको कांग्रेसको दाबी, स्वतन्त्र छानबिनको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महाधिवेशनमा आर्थिक चलखेलको आरोप सरकारद्वारा प्रायोजित भएको कांग्रेसको दाबी, स्वतन्त्र छानबिनको माग
तस्बिर: क्लिकमाण्डू

नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न चेतावनी दिएको छ। बुधबार बसेको शीर्ष नेताहरूको बैठकपछि महामन्त्री प्रदीप पौडेलले ६ बुँदे वक्तव्य जारी गर्दै महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचार भनेका छन्। पार्टीले यसको राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनमा आर्थिक चलखेल भएको आरोप निराधार र सरकारद्वारा प्रायोजित भएको दाबी गरे। उनले वैधानिकताबारे लगाइएका आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरे। हिरासतबाट बयान बाहिर आउनु आपत्तिजनक भएको पनि उनले बताए।

शर्माले विशेष महाधिवेशन सम्पन्न भइसकेपछि त्यसबारे प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने तर्क गरे। उनले ‘सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको’ टिप्पणी गर्दै सरकारले पूरा पाँच वर्ष निर्वाध काम गर्न पाउनुपर्ने पक्षमा कांग्रेस रहेको बताए।

कांग्रेसले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि दुई दिन राखेकोप्रति पनि आपत्ति जनाउँदै छानबिन माग गरेको छ। शर्माले पत्रकारहरूलाई ‘तपाईंहरू सुरक्षित हुनुहुन्छ?’ भन्दै प्रेस स्वतन्त्रताबारे प्रश्न उठाए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार