इनम सापकोटा अडियो प्रकरण: राज्य व्यवस्था समितिको बैठक बोलाउन विपक्षीको माग

विपक्षी दलहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन्। बिचौलिया इनम सापकोटासँग जोडिएको अडियो प्रकरणबारे छलफल गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले बैठकको माग गरेका हुन्।
प्रहरी हिरासतबाटै अडियो लिक भएको तथा पत्रकार पक्राउ परेकोलगायत पछिल्ला विवादास्पद घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) सँग जवाफ माग्न समितिको बैठक आवश्यक रहेको विपक्षीको भनाइ छ।
सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित विषयमा छानबिन गर्न समितिको बैठक बोलाइनुपर्ने माग विपक्षी सांसदहरूले गरेका छन्।
इनम सापकोटा प्रकरण पछिल्ला दिनमा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


