इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग, सभापति गगन थापाले गुण्डु पुगेर ओलीलाई भेटे

नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयानको विषयले कांग्रेसमा तरङ्ग ल्याएका बेला यो भेट भएको हो।
सापकोटाले प्रहरीमा दिएको बयानमा सभापति थापाले पार्टीको आधिकारिकता हात पार्दा आर्थिक चलखेल भएको विषय उल्लेख भएको समाचार बाहिरिएको छ। यसपछि कांग्रेसभित्र तरङ्ग आएको हो।
बयानसम्बन्धी अडियो सार्वजनिक भएलगत्तै सभापति थापा निकट सहमहामन्त्री अजयबाबु शिवाकोटीले आपत्ति जनाएका छन्। उनले यसलाई गगन थापालाई रक्षात्मक बनाउने चाल भनेका छन्।
यसैबीच, इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका अडियो, ह्वाट्सएप सन्देश तथा बयानसँग जोडिएका आरोपहरूको निष्पक्ष छानबिन गर्न जेनजी नेताहरूले माग गरेका छन्। उनीहरूले बालेनदेखि गगनसम्म छानबिन हुनुपर्ने माग गरेका हुन्।
जेनजी अभियन्ता रक्षा बमले पनि मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस प्रकरणमा जोडिएका सबै व्यक्ति तथा उच्चपदस्थ अधिकारीमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्। उनले यस प्रकरणमा कोही पनि अनुसन्धानबाट बाहिर हुन नहुने बताएकी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


