१८ कात्तिक २०८३ English
English

बेल्ट एन्ड रोड यू–१९ सिरिज: थाइल्यान्डलाई हराउँदै नेपाली महिला टोलीको विजयी सुरुआत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेल्ट एन्ड रोड यू–१९ सिरिज: थाइल्यान्डलाई हराउँदै नेपाली महिला टोलीको विजयी सुरुआत

YouTube मा सब्स्क्राइब

चीनमा जारी बेल्ट एन्ड रोड यू–१९ सिरिजमा नेपाली महिला क्रिकेट टोलीले थाइल्यान्डलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। प्रतियोगितामा नेपाल, चीन, हङकङ र थाइल्यान्ड गरी ४ टोली सहभागी छन्। मंगलबार पहिले ब्याटिङ गरेको थाइल्यान्ड १४.३ ओभरमा अलआउट भएको थियो।

थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका तर्फबाट मनिषा उपाध्याय, टीका साह, रिया शर्मा र रचना चौधरीले समान २–२ विकेट लिनुभएको छ। जवाफी ब्याटिङमा नेपालले ३६ रनको लक्ष्य ९ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ।

साना प्रवीनले १५ रन जोड्नुभएको छ। बलिङमा २ विकेट लिनुभएकी टीका साहले ब्याटिङमा पनि अविजित १२ रन बनाउनुभएको छ। कप्तान सोनी पाख्रिनले ५ रन थप्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार