१८ कात्तिक २०८३ English
English

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने अवधि ५ बाट १० वर्ष

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने अवधि ५ बाट १० वर्ष

YouTube मा सब्स्क्राइब

बेलायतमा स्थायी बसोबास अनुमति अर्थात् पीआर पाउन आप्रवासीले कुर्नुपर्ने सामान्य अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याइएको छ। बेलायती गृहमन्त्री शबाना महमुदले संसद्मा पीआर चाहने आप्रवासीका लागि नयाँ नियम सार्वजनिक गर्दै विगतका धेरै प्रावधान परिवर्तन गरिएको जानकारी दिनुभएको छ। बेलायतमा पीआरलाई अनिश्चितकालीन बसोबास अनुमति अर्थात् आईएलआर पनि भनिन्छ।

नयाँ 'अर्न्ड सेटलमेन्ट' मोडेलअनुसार बसोबासको अधिकार अब स्वतः नपाइने र आप्रवासीको योगदान तथा आचरणका आधारमा प्रतीक्षा अवधि तय हुने उल्लेख छ। कम आय भएका व्यक्तिले अनिश्चितकालीन बसोबास अनुमति पाउन अझ लामो समय कुर्नुपर्नेछ, तर उच्च आम्दानी भएका र केही विशेष समूहका व्यक्तिका लागि प्रक्रिया सहज बनाइएको छ। नियमअनुसार वार्षिक करिब ५० हजार पाउन्डभन्दा बढी तलब पाउने, स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने तथा शिक्षकहरू ५ वर्षमै पीआरका लागि योग्य हुनेछन्।

वार्षिक करिब सवा लाख पाउन्डभन्दा बढी कमाउने र 'ग्लोबल ट्यालेन्ट' वा 'इनोभेटर फाउन्डर' भिसा भएका उच्च सीपयुक्त आप्रवासीले ३ वर्षमै आवेदन दिन पाउनेछन्। सरकारी सुविधा अर्थात् बेनिफिट दाबी गर्नेले भने २० वर्ष पर्खनुपर्नेछ। साना डुङ्गा वा अन्य गैरकानुनी बाटो हुँदै च्यानल समुद्री मार्ग पार गरेर बेलायत पुगेका शरणार्थीले काम वा अध्ययन गरे २० वर्ष र नगरे ३० वर्षसम्म कुर्नुपर्ने नियम छ।

स्रोत

सम्बन्धित समाचार