१८ कात्तिक २०८३ English
English

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार

YouTube मा सब्स्क्राइब

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणाअनुसार नेपाल पर्यटन बोर्डले पहिलो पटक कुकुर तिहारमा केन्द्रित रिल प्रतियोगिता गर्ने भएको छ। सबैभन्दा उत्कृष्ट ठहरिने रिलका सर्जकले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। कुकुर तिहारको सांस्कृतिक महत्त्व र मानिस तथा कुकुरबीचको आत्मीय सम्बन्धलाई डिजिटल सामग्रीमार्फत विश्वसामु पुर्‍याउने लक्ष्य प्रतियोगिताले राखेको छ।

मन्त्री खड्गराज पौडेल 'गनेस'ले अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रचारमा जोड दिँदै आउनुभएको छ। उहाँकै निर्देशनमा यसअघि दसैँमा स्थानीय तह र पर्यटन संघसंस्थाको सहकार्यमा देशभर १०० स्थानमा लिङ्गे पिङ हालिएको थियो। सहभागीले कुकुर तिहारसम्बन्धी आफ्नै मौलिक र सिर्जनात्मक भिडियो फेसबुक वा इन्स्टाग्राममा राख्नुपर्नेछ।

त्यसपछि भिडियोको गुगल ड्राइभ लिंक बोर्डको इमेल ठेगानामा पठाउनुपर्नेछ। यस वर्ष कुकुर तिहार कात्तिक २२ गते आइतबार परेको छ।

स्रोत

सम्बन्धित समाचार