१७ कात्तिक २०८३ English
English

भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे
तस्बिर: नेपाल प्रेस

यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यमपञ्चक अर्थात् तिहार पर्वको विस्तृत तालिकासहित भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो।

समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिमतर्फ फर्किएर र दिदीबहिनी पूर्वतर्फ फर्किएर टीका लगाउनुपर्नेछ।

तिहार पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने भाइटीका पर्वको अन्तिम र मुख्य दिन हो। समितिले तिहारका अन्य दिनका चाडपर्व तथा साइतसम्बन्धी विवरण पनि सार्वजनिक गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार